शुक्रवार, भाद्र २६ गते २०८३

मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक कारवाहीमा

मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक कारवाहीमा

रोदिक खबर

२२, आषाढ २०७८
  • 2.7K
    SHARES
  • मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक कारवाहीमा

    प्रहरी कार्यालय खोटाङले मादक पदार्थ सेवन गरी गाडी चलाउने चालकलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी ना १ ज ५६६१ नम्बरको टाटा सुमो गाडी चलाउने काभ्रेपलाञ्चोक धुलीखेल नगरपालिका–३ का सन्तबहादुर राईलाई प्रहरीले सोमवार पक्राउ गरेको हो ।

     मादक पदार्थ सेवन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क क्षेत्रमा गाडी चलाउँदै गरेको अवस्थामा चेकजाँच गर्दा अश्लिल बोलीबचन प्रयोग गरी गालीगलौज तथा हो–हल्ला गर्दै अभद्र व्यवहार गरेको भन्दै चालक राईलाई सोमबार गाडी सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका चालक विरुद्ध अभद्र व्यवहार कसुर मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखेर  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक उमेश लम्सालले जानकारी दिए ।

    प्रकाशित मिति :आषाढ २२, २०७८ मंगलवार - २२:५३:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको