• ट्रेण्डिङ:

बाम्राङमा लगाइएको ‘शिल’ खुला 

बाम्राङमा लगाइएको ‘शिल’ खुला 

रोदिक खबर

१३, भाद्र २०७७
  • 2.8K
    SHARES
  • बाम्राङमा लगाइएको ‘शिल’ खुला 

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा गरिएको ‘शिल’ खुला गरिएको छ । ज्वरोको बिरामी भएपछि पाटन अस्पताल पुर्‍याइएकी स्थानीय १६ वर्षीय बालिकालाई कोरोना संक्रमण पूष्टि भएपछि भदौ १० गतेदेखि वडामा लगाइएको ‘शिल’ शनिबारदेखि खुला गरिएको हो । 

    संक्रमित बालिकाको परिवारका सदस्य, घुममिल भएका छिमेकी, बिरामी ओसार–पसारका क्रममा सहयोग गरेका आफन्त तथा शिक्षक लगायत १७ जनाको नमूना संकलन गरेर पिसिआर परिक्षणमा पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएकाले वडाको ‘शिल’ खुला गरिएको बाम्राङका वडाध्यक्ष लतिकुमार राईले बताए ।

    जिल्ला अस्पतालले भदौ ४ गते रेफर गरेको बालिकालाई भदौ ८ गते पाटन अस्पतालमा कोरोना संक्रमण पूष्टि भएको थियो । भदौ २ गते जिल्ला अस्पतालमा भर्ना भएकी बालिकाको स्वास्थ्यमा सुधार नआएपछि अन्यत्र रेफर गरिएको थियो । पछिल्लो पटक संक्रमित भनिएकी बालिकाको पिसिआर रिपोर्ट समेत नेगेटिभ आएको बुझिएको वडाध्यक्ष राईले बताए । 

    रेफर गरेको बालिकालाई कोरोना संक्रमण पूष्टि भएपछि जिल्ला अस्पतालको आकस्मिक तथा प्रशुती बाहेकका सेवा समेत चार दिन बन्द गरिएको थियो ।

    बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी सहित ५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि भदौ ११ गतेदेखि अस्पतालको नियमित सेवा सुचारु गरिएको थियो । 

    प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - १४:३९:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको