'तिमी निष्ठुरी हौ' बोलको म्युजिक भिडियो सार्वजनिक

'तिमी निष्ठुरी हौ' बोलको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

२६, आषाढ २०७८
  • 1.9K
    SHARES
  • 'तिमी निष्ठुरी हौ' बोलको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौँ । मोडेल सुधिर श्रेष्ठ र रोशनी कार्की अभिनित 'तिमी निष्ठुरी हौ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेम वियोगको वेदना प्रस्तुत गरिएको छ। गायक बेदु सारु मगरको स्वर रहेको यस गीतलाई गायक मगर र दिनेश सुवेदीले सयुक्त रुपमा लेखेका हुन्।

    गीतमा गायक मगरको नै संगीत रहेको छ। दिक्षित पौडेलले गीतलाई संगीत संयोजन गरेका हुन्। गोदावरीमा छायांकन गरिएको भिडियोलाई पवन सुस्लिङ्गले छायांकन र सम्पादन गरेका हुन्। सिता पोख्रेल निर्मात्री रहेको यस भिडियोलाई स्वोर्निम थापाको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।

    गायक मगरको आधिकारिक च्यानल 'बेदु सारु मगर' मार्फत भिडियो सार्वजनिक गरिएको हो। भोइस अफ टिनको उपाधि विजेता समेत रहेका गायक मगरले यसअघि 'डोली पियारी', 'तिमी नै त हौ' लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। नयाँ भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

    भिडियो लिंक: https://youtu.be/cxtm0_pTqps

    प्रकाशित मिति :आषाढ २६, २०७८ शनिवार - १४:१९:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको