खोटाङ । खोटाङका पाँच स्वास्थ्यचौकीलाई कोभिड–१९ विरुद्ध उपयोग हुने स्वास्थ्य सामग्री उपलव्ध भएको छ । पूर्व राज्यमन्त्री एवं कांग्रेस नेता सर्वधन राई र कांग्रेसका पुर्व महाधिबेसन प्रतिनिधि एवं पूर्व केन्द्रिय विभाग सदस्य रोजन राईको पहलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, रावाबेँसी गाउँपालिका–१ कुभिन्डे, रावाबेँसी गाउँपालिका–५ डुम्रेधारापानी, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेटर, पिपिई, मास्क लगायतका स्वास्थ्य सामग्री उपलव्ध भएको हो ।
कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु¥याउन आइतबार वडा कार्यालय बाम्राङमार्फत स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कांग्रेसका पूर्व महाधिबेसन प्रतिनिधि एवं पुर्व केन्द्रिय विभाग सदस्य राईले बताए ।
पूर्व राज्यमन्त्री एवं कांग्रेस नेता राईले वडाध्यक्ष ललितकुमार राईलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर, १६ पिस पिपिई, एक हजार थान मास्क र ५० थान सेनेटरी प्याड हस्तान्तरण गरेका छन् । बाम्राङमा लुम्बिनी विकास कोषका निमित्त सचिव ज्ञानिन राई, कांग्रेस नेता राजेन्द्र राई लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम राखिएको थियो । प्राप्त भएको स्वास्थ्य सामग्री वडाध्यक्ष राईले स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेका छन् ।
च्यास्मीटार, सल्ले, कुभिन्डे र डुम्रेधारापानी स्वास्थ्यचौकीलाई भने एक/एक थान अक्सिजन कन्सन्ट्रेटर, मास्क लगायतका स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ । थाई एम्बेसी, विभिन्न व्यक्ति लगायतको सहजीकरण र सहयोगमा स्वास्थ्यचौकीका लागि स्वास्थ्य सामग्री जुटाइएको कांग्रेस पूर्व महाधिबेसन प्रतिनिधि एवं पूर्व केन्द्रिय विभाग सदस्य राईले बताए । ‘
कोरोना महामारीको बढ्दो प्रकोपको समयमा अक्सिजनको अभावमा हामीले आमा, बुवा गुमायौँ, दाजुबहिनी गुमायौँ, काखका नानी बावु गुमायौँ । दूरदराजका हामीले अक्सिजनको खातिर ऋण खोजेर लाखौँमा हेलीकोप्टर चार्टर गर्न वाध्य भयौँ,’ राईले भने, ‘अव यस्तो नहोस् भनेर स्वास्थ्यचौकीलाई करिव २० लाख वरावरको अक्सिजन कन्सन्ट्रेटर, पिपिई, माक्स, सेनिटरी प्याड लगायतका स्वास्थ्य सामाग्री उपलव्ध गराएका हौँ ।’