• ट्रेण्डिङ:

स्वर्गीय पर्शुराम राई प्रतिष्ठानद्वारा स्वास्थ्य सामग्री प्रदान

स्वर्गीय पर्शुराम राई प्रतिष्ठानद्वारा स्वास्थ्य सामग्री प्रदान

रोदिक खबर

४, श्रावण २०७८
  • 5.4K
    SHARES
  • स्वर्गीय पर्शुराम राई प्रतिष्ठानद्वारा  स्वास्थ्य सामग्री प्रदान

    स्वर्गीय पर्शुराम राई प्रतिष्ठानले नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङलाई स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ। कोरोना भाईरसको महामारीमा ज्यान जोखिममा मोलेर समाचार संकलन तथा सम्प्रेषण गरिरहेका जिल्लाका पत्रकारहरुका लागि स्वास्थ्य सामग्री वितरण गरेको हो।

    प्रतिष्ठानले आइतबार महासंघको सम्पर्क कार्यालय दिक्तेलमा पुगेर महासंघलाई ३ हजार माक्स, ५० थान फेसशिल्ड, ३ वटा अक्सिमिटर र ११ वटा पकेट स्यानिटाइजर वितरण गरेको हो । स्वास्थ्य सामग्रीहरु प्रतिष्ठानका सदस्य चन्द्र कुमारी राई (तारा) ले महासंघका जिल्ला अध्यक्ष दिलीप खत्रीलाई हस्तान्तरण गरेकी हुन्। स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष विजयकला राई, मनिला राई, संरक्षक रबिन चाम्लिङ राई लगायतको उपस्थिती थियो।

    स्वास्थ्य सामग्री सहयोग गरेकामा महासंघका अध्यक्ष खत्रीले प्रतिष्ठान र सम्बद्ध व्यक्तिहरुलाई धन्यवाद प्रकट गरेका छन्। प्राप्त स्वास्थ्य सामग्रीहरु जिल्लामा रहेका क्रियाशिल सम्पुर्ण पत्रकारहरुलाई वितरण गरिने अध्यक्ष खत्रीले बताए।

    यस्तै,  प्रतिष्ठानले खोटाङका विभिन्न स्थानमा स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ। कोरोना भाईरसको दोश्रो भेरियन्टले गाँजिरहेको अवस्थामा जिल्लाको छ स्थानमा स्वास्थ्य सामग्रीहरु वितरण गरेको हो। प्रतिष्ठानको पहल र आईएमएस ग्रुप र ग्रिन भिलेज हाउजिङ प्रालिको सहयोगमा स्वास्थ्य सामग्रीहरु वितरण गरिएको स्वर्गीय पर्शुराम राई प्रतिष्ठानका संरक्षक रविन चाम्लिङ राईले बताए।

    प्रतिष्ठानले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी प्रतिष्ठानलाई ४ हजार माक्स, ४ वटा अक्सिमिटर, खामाखा खार्चुङ समाजलाई १ हजार माक्स १ वटा अक्सिमिटर, हलेसी पोलिक्लिनिलाई १ हजार ५ सय माक्स, १ वटा अक्सिमिटर र केही मात्रामा स्यानिटाइजर तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपालाई ८ हजार माक्स, १० लिटर स्यानिटाइजर, १० वटा अक्सिमिटर र ८ थान पिपिई सेट वितरण गरेको हो।

    rabin-rai-scaled.jpg

    यस्तै, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कलाई २० हजार माक्स, २० लिटर स्यानिटाइजर, ९ वटा अक्सिमिटर १० थान पिपिई सेट, ३० वटा फेसशिल्ड, ज्येष्ठ नागरिक संघ लफ्याङलाई १ हजार माक्स वितरण गरेको हो। 

    अझै जिल्लाका ३४ वडामा १७ हजार माक्स वितरण गर्ने लक्ष्य रहेको प्रतिष्ठानका संरक्षक चाम्लिङले बताए। यसैविच, स्वास्थ्य सामग्री वितरणका लागि खोटाङ आईपुगेका प्रतिष्ठानका सदस्य काठमाण्डौ बुढानिलकण्ठ–९ बुढानिलकण्ठका कुलदिप मिश्रको परिवारले हलेसी प्रतिष्ठानलाई १ लाख १ हजार ५ रुपैयाँ र ईलाम चुलाचुली १ का मान बहादुर राईले ५० हजार ५ रुपैयाँ दान गरेका छन्।

    हलेसीमा आई आफूहरुले गरेको भाकल पूरा भएपछि नगद दान गरिएको उनीहरुले बताएका छन्। हलेसी तुवाचुङ नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर अभिनेत्री मनिषा कोईरालाको ब्याप्स स्वामीनारायण संस्था युकेबाट प्राप्त १ वटा अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्री हलेसी तुवाचुङ नगरपालिकालाई हस्तान्तरण गरिएको छ।

    अभिनेत्री कोईरालाको संस्थाबाट प्राप्त तथा आईएमएस ग्रुप, ग्रिन भिलेज हाउजिङ प्रालिको सहयोग स्वर्गीय पर्शुराम राई प्रतिष्ठानको पहलमा संयोजक जगदिश राजभण्डारीले नगरप्रमुख इवन राई र उपप्रमुख बिमला राईलाई नगरपालिकामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

    अक्सिजन कन्सन्ट्रेटरसहित २० लिटर स्यानीटाईजर, १० हजार माक्स, १० थान पिपिई सेट, बच्चाका लागि एक काटन सिटामोल जोल र दुई काटन ग्लोब्स हस्तान्तरण गरिएको हो। प्रतिष्ठानको पहलमा भएको हस्तान्तरण कार्यक्रममा संयोजक राजभण्डारी, कोषाध्यक्ष विजयकला राई, मनिला राई सदस्यहरु गुणराज राजभण्डारी, चन्द्र कुमारी राई, ईन्द्र राई, मान वहादुर राई, कुलदिप मिश्र, संरक्षक रविन चाम्लिङ लगायतको उपस्थिती थियो।

    प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - १६:४५:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको