• ट्रेण्डिङ:

पत्रकार महासंघद्धारा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

पत्रकार महासंघद्धारा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

रोदिक खबर

४, श्रावण २०७८
  • 4.5K
    SHARES
  • पत्रकार महासंघद्धारा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

    खोटाङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले जिल्लामा रहेका पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । पत्रकारहरु समाचार संकलनका क्रममा फ्रण्ट लाइनमा पुग्नुपर्ने र कोरोना संक्रमणको जोखिम हुनाले सुरक्षित हुनका लागि सोमवार स्वास्थ्य सामग्री वितरण गरेको हो।

    महासंघको सम्पर्क कार्यालय भवनगैरा दिक्तेलमा कार्यक्रम गरि पत्रकारहरुलाई आवश्यक माक्स, अक्सिमिटर, फेसशिल्ड, स्यानिटाईजर वितरण गरिएको महासंघका सह–सचिव चिसाङ शेर्पाले जानकारी दिए।

    महासंघका अध्यक्ष दिलीप खत्रीले पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेका हुन्। स्वर्गीय पर्शुराम राई प्रतिष्ठानले उपलब्ध गराएको स्वास्थ्य सामग्री क्रियाशिल पत्रकारहरुलाई आवश्यकताको आधारमा वितरण गरिएको महासंघका अध्यक्ष खत्रीले बताए।
    आईतबार प्रतिष्ठानले महासंघलाई ३ हजार माक्स, ५० थान फेसशिल्ड, ३ वटा अक्सिमिटर र ११ वटा पकेट स्यानिटाइजर उपलब्ध गराएको थियो।

    प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - १७:०१:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको