• ट्रेण्डिङ:

पत्रकारलाई रेडक्रसले दियो स्वास्थ्य सामग्री 

पत्रकारलाई रेडक्रसले दियो स्वास्थ्य सामग्री 

रोदिक खबर

१०, श्रावण २०७८
  • 5.8K
    SHARES
  • पत्रकारलाई रेडक्रसले दियो स्वास्थ्य सामग्री 

    खोटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड–१९ को महामारीका बेला जोखिम मोलेर समाचार संकलन एबं सम्प्रेषण गरिरहेका जिल्लाका पत्रकारलाई १ हजार ३ सय थान मास्क, २६ पिस सेनीटाइज र २६ थान फेसशिल्ड प्रदान गरेको हो ।

    आइतबार रेडक्रसको कार्यालयमा रेडक्रस सभापति कुमारसिं बस्नेत र मन्त्री छत्र बजिमयले नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । फ्रन्टलाइनमा बसेर काम गर्ने पत्रकारको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री प्रदान गरिएको रेडक्रसका सभापति बस्नेतले बताए । 

    रेडक्रसले नेपाल पत्रकार महासंघ शाखाका साधारण सदस्य संख्यालाई आधारमा मानेर जनही ५० थान सर्जिकल मास्क, एक/एक पिस फेसशिल्ड र एक/एक पिस ह्याण्ड सेनीटाइजर प्रदान गरेको हो । कतिपय पत्रकारले रेडक्रसमै पुगेर स्वास्थ्य सामग्री बुझेका छन् । बाँकी पत्रकारलाई आवश्यकताको आधारमा स्वास्थ्य सामग्री उपलव्ध गराइने नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष खत्रीले बताए । 

    प्रकाशित मिति :श्रावण १०, २०७८ आइतवार - २०:५५:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको