• ट्रेण्डिङ:

बैंक तथा वित्तीय संस्थामा भिडभाड बढ्दा संक्रमणको जोखिम बढ्यो

बैंक तथा वित्तीय संस्थामा भिडभाड बढ्दा संक्रमणको जोखिम बढ्यो

रोदिक खबर

११, श्रावण २०७८
  • 5.5K
    SHARES
  • बैंक तथा वित्तीय संस्थामा भिडभाड बढ्दा संक्रमणको जोखिम बढ्यो

     खोटाङ । खोटाङमा बैंक तथा वित्तीय संस्था लगायतको कार्यालयमा भिडभाड बढ्दा कोभिड–१९ को संक्रमण जोखिम बढेको छ । सुरक्षित नागरिक आवास, सामाजिक सुरक्षा भत्ता वापतको रकम कारोबारका क्रममा विभिन्न बैंक तथा वित्तीय कार्यालयमा अनियन्त्रित भिडभाड बढ्दा संक्रमणको जोखिम बढेको हो ।

    बैंकमा दैनिकजसो हुने भिड नियन्त्रण गर्ने वा सामाजिक दुरी कायम गरेर सेवा प्रवाह गर्नमा बेवास्ता गरेको देखिएको छ । केही दिन यता सालपा बिकास बैंक र सेञ्चुरी कमर्सियल बैंकको कार्यालय अगाडि बाक्लो भिडभाड देखिएको छ । भत्ता भुक्तानीका लागि लाइनमा उभिनेमा अधिकांश लट्ठी टेकेर उभिएका वृद्ध/वृद्धा देखिन्छन् ।

    असार मसान्तकोबेला राष्ट्रिय बाणिज्य बैंकमा अनियन्त्रित भिडभाड देखिएको थियो । कतिपय सेवाग्राही मास्कबिनै भिडभाडमा उभिएका देखिन्छन् । कतिपयले नाकभन्दा मुनि मास्क लगाएका देखिन्छन् । उपयुक्त तरिकाले मास्क नलगाइ ठेलामठेलको भिडभाडमा बस्दा संक्रमण फैलिने खतरा बढेको छ ।

    हाल विभिन्न बैंकमा देखिएको अनियन्त्रित भिडभाडको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भइरहेका छन् । भिडभाड व्यवस्थापनमा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र प्रहरीले समेत ध्यान दिन नसकेको स्थानीय बताउँछन् ।

    ‘खासमा यो सामाजिक सुरक्षा की, सामाजिक असुरक्षा भत्ता बितरण हो ?,’ किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातले फेसबुकमा लेखेका छन्, ‘कोरोनाको विषम महामारीमा बढी जोखिममा रहेको बुढापाकालाई यस्तो अबस्थामा देख्दा दुःख लाग्यो । सम्बन्धित निकायले यसको बैज्ञानिक उपाय सोच्नु पर्ला की ।’ उसो त धेरैजसो जिल्लाको निषेधाज्ञा हटाइएसँगै हाल जिल्लाका सरकारी कार्यालय, हाटबजार, होटल, पसलमा समेत भिडभाड बढ्न थालेको छ ।

    ba.jpg

    जिल्लामा दुई हजारभन्दा बढीलाई संक्रमण पूष्टि भइसकेको छ । संक्रमण पूष्टि भएका कतिपय व्यक्ति नेगेभिट रिपोर्ट नआएसम्म होमआइसोलेसनमा नवस्दा समेत संक्रमण फैलिन वल पुगेको जनगुनासो छ । संक्रमण पूष्टि भएका कतिपय संक्रमित दुई हप्ता बितेपछि संक्रमणुमक्त भएको भन्दै पुःन परिक्षण नगरी हिँडडुल गर्दा समेत समस्या थप बल्झिएको पाइएको छ ।

    संक्रमित होमआइसोलेसनमा इमान्दारिताका साथ नवस्दा र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्न संक्रमण बढेको भन्दै प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कले सचेतताका लागि असार २२ गते सूचना नै जारी गरेको थियो । पुःन परिक्षण गरेर नेगेटिभ रिपोर्ट नआएसम्म संक्रमितलाई अरुको सम्पर्कमा जान दिन नहुने ऐसेलुखर्कका स्थानीय लोकेन्द्र राजभण्डारीले बताए । ‘पोजिटिभ भएको १५ दिनपछि ठीक भो, टेष्ट गर्नुपर्दैन भन्नेले समस्या बल्झिएको देखिएको छ,’ कांग्रेस नेता राजभण्डारीले भने, ‘नेगेटिभ रिपोर्ट नआएसम्म संक्रमितलाई घर बाहिर निस्कने छुट दिन हुन्न, अरुसँग घुममिल हुन दिनहुन्न ।’

    प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - २१:४७:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको