शुक्रवार, भाद्र २६ गते २०८३

भरुवा बन्दुकसहित तीन जना पक्राउ 

भरुवा बन्दुकसहित तीन जना पक्राउ 

रोदिक खबर

१२, श्रावण २०७८
  • 4.6K
    SHARES
  • भरुवा बन्दुकसहित तीन जना पक्राउ 

    खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले तीन जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । घरमा भरुवा बन्दुक राखेको सूचनाका आधारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्य पर्शुराम बानियाँ, सोही स्थानका मदनबहादुर बानियाँ र मिलन बानियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

    घरमा भरुवा बन्दुक लुकाएर राखेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सोमबार पर्शुरामको घरबाट एक नाल भरुवा बन्दुक, मदनको घरवाट छर्रा र बारुद लोड गरेको एक नाल भरुवा बन्दुक, १५० ग्राम बारुद र ४०० ग्राम धातुका छर्रा तथा मिलनको घरवाट छर्रा र बारुद लोड गरेको एक नाल बन्दुक फेला पारेको हो । 

    भरुवा बन्दुक सहित पक्राउ परेका तीनै जनालाई हातहतियार खरखजना कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले मंगलबार विज्ञाप्तिमार्फत जानकारी दिएका छन् । 

    प्रकाशित मिति :श्रावण १२, २०७८ मंगलवार - २०:२६:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको