शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

मनोज जोशी प्रतिभा पुरस्कारबाट अधिकारी र गुरुङ सम्मानित

मनोज जोशी प्रतिभा पुरस्कारबाट अधिकारी र गुरुङ सम्मानित

रोदिक खबर

१५, श्रावण २०७८
  • 4.2K
    SHARES
  • मनोज जोशी प्रतिभा पुरस्कारबाट  अधिकारी र गुरुङ सम्मानित

    खोटाङ । जिल्ला अस्पताल खोटाङमा कार्यरत ल्याब टेक्निशियन शेखर अधिकारी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सवारी चालक युवराज गुरुङ ‘काजी’लाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ ले सम्मान गरिएको छ ।

    जिल्लामा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणमा अग्रणी भूमिका खेलेको भन्दै ल्याब टेक्निशियन अधिकारी र चालक गुरुङलाई सम्मानपत्रसहित जनही  पाँच हजार राशिको पुरस्कारले सम्मान गरिएको हो ।

    Shekhar.jpg

    स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले टेक्निशियन अधिकारी र चालक गुरुङलाई पुरस्कार प्रदान गरेका थिए ।

    kaji.jpg

    मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्टिय कर्मचारी संगठन (निजामति) खोटाङको संयूक्त आयोजनामा गरिएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शहीद मनोज जोशीकी आमा अम्बिका जोशी, प्रतिष्ठानका पदाधिकारी लगायतको उपस्थिति रहेको मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताए ।

    प्रकाशित मिति :श्रावण १५, २०७८ शुक्रवार - १५:३९:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको