• ट्रेण्डिङ:

नदीजन्य सामग्री संकलन तथा निकासीमा प्रतिवन्ध 

नदीजन्य सामग्री संकलन तथा निकासीमा प्रतिवन्ध 

रोदिक खबर

१७, श्रावण २०७८
  • 7.2K
    SHARES
  • नदीजन्य सामग्री संकलन तथा निकासीमा प्रतिवन्ध 

    खोटाङ । खोटाङको साकेला गाउँपालिकाले स्थानीय खोलाबाट मनोमानी ढंगले ढुंगा, गिटी र बालुवाजस्ता नदीजन्य सामग्री संकलन तथा निकासीमा प्रतिवन्ध लगाएको छ ।

    साप्सु खोला, तावा खोला लगायतका स्थानीय खोलाबाट मनोमानी ढंगले उत्खनन भइरहेका ढुंगा, गिटी र बालुवालाई ठेक्का प्रणालीमार्फत संकलन तथा विक्री वितरण गर्दै आम्दानीको श्रोतका रुपमा बिकास गर्नका लागि गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका नदीजन्य खानीको संकलन तथा निकासीमा पूर्ण प्रतिवन्ध लगाएको हो ।

    प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले आइतबार सूचना जारी गर्दै ढुंगा, गिटी, बालुवा उत्खनन, विक्री तथा व्यवस्थापन सम्वन्धी मापदण्ड २०७७ को अधिनमा रहेर ठेक्कामार्फत नदीजन्य खानी उत्खनन एवं निकासीको बन्दोवस्त गर्ने तयारी गरिएको जानकारी दिएका छन् ।

    अज्ञात समुहले मनोमानी ढंगले ढुंगा, गिटी र बालुवाजस्ता नदीजन्य सामग्री संकलन तथा निकासी गरिरहेको पाइएकाले कडाइ गरिएको गाउँपालिकाले जनाएको छ । 

    सूचनालाई बेवास्ता गरी कोही–कसैले नदीजन्य सामग्री उत्खनन् तथा संकलन गरेको पाइएमा निकासीका लागि प्रयोग गरिएका मालबाहक सवारी साधन सहित नियन्त्रणमा लिएर कानूनी कारबाहीको प्रकृया अगाडि बढाइने चेतावनी दिइएको छ ।

    गाउँपालिकाले कहिँकतै नदीजन्य सामग्री संकलन तथा निकासी गरिरहेको पाइएमा कारबाहीका लागि सिफारिस गर्न सम्पूर्ण वडाका कार्यालयलाई आग्रह गरेको छ । 

    प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - १५:२०:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको