• ट्रेण्डिङ:

साउन २५ र २६ गते जोनसन खोप सञ्चालन गरिने 

साउन २५ र २६ गते जोनसन खोप सञ्चालन गरिने 

रोदिक खबर

१९, श्रावण २०७८
  • 5.5K
    SHARES
  • साउन २५ र २६ गते जोनसन  खोप सञ्चालन गरिने 

    खोटाङ । खोटाङमा कोभिड–१९ विरुद्ध जोनसन खोप अभियान सञ्चालनको तयारी गरिएको छ । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका १० वटै स्थानीय तहमा साउन २५ र २६ गते जोनसन खोप अभियान सञ्चालनको तयारी गरिएको हो ।

    कोभिड–१९ विरुद्ध खोप लगाउन बाँकी ५० वर्षदेखि ५४ वर्ष उमेर समुहका नागरिकलाई जोनसन खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पूण्यप्रसाद सिग्देलले बताए । 

    जोनसन खोप एक डोज लगाएपछि अर्को डोज लगाउन नपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । खोप केन्द्र बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने छ । हालसम्म जिल्लामा दुई डोजको कोभिशिल्ड र भेरोसेल खोप अभियान सञ्चालन भइरहेको अवस्थामा एक डोजले पुग्ने जोनसन खोप दिने तयारी गरिएको हो ।

    स्वास्थ्य सेवा विभाग टेकुको असार २८ गतेको पत्रअनुसार १० वटै स्थानीय तह अन्तरगतको स्वास्थ्य संस्थामा रहेको संस्थागत खोप केन्द्रबाट जोनसन खोप अभियान सञ्चालनको तयारी गरिएको छ । स्वास्थ्य कार्यालयले एक खोप केन्द्रमा एक जना खोप कार्यकर्ता र २ जना स्वयंसेवक परिचालन गरी खोप अभियान सञ्चालन गर्न÷गराउन स्थानीय तहलाई आग्रह गरेको छ । 

    प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - १९:१३:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको