• ट्रेण्डिङ:

जापानले अनुदान दिएको खोप शनिबार काठमाडौं आइपुग्ने

जापानले अनुदान दिएको खोप शनिबार काठमाडौं आइपुग्ने

रोदिक खबर

२०, श्रावण २०७८
  • 2.2K
    SHARES
  • जापानले अनुदान दिएको खोप शनिबार काठमाडौं आइपुग्ने

    काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी जापानले अनुदानमा दिएको १६ लाख डोजमध्ये ८ लाख खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने उल्लेख गरेको छ ।

    बाँकी खोप भने उपयुक्त समयमा पठाउने पनि जापानी दूतावासले जनाएको छ । गत असार २९ गते जापानका परराष्ट्रमन्त्री मोतेगी तोसिमित्सुले कोभ्याक्स सुविधा मार्फत नेपाललाई एस्ट्राजेनेकाको १६ लाख खोप दिने घोषणा गरेका थिए । नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानले दिएको खोप तत्कालै उपयोग हुने आशा व्यक्त गरे ।

    प्रकाशित मिति :श्रावण २०, २०७८ बुधवार - २१:०३:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको