• ट्रेण्डिङ:

खोटाङ समाज हङकङबाट स्वास्थ्य सामग्री प्राप्त 

खोटाङ समाज हङकङबाट स्वास्थ्य सामग्री प्राप्त 

रोदिक खबर

२३, श्रावण २०७८
  • 4.0K
    SHARES
  • खोटाङ समाज हङकङबाट स्वास्थ्य सामग्री प्राप्त 

    खोटाङ । खोटाङ समाज हङकङले खोटाङका स्थानीय तहलाई ९ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध गराएको छ । कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउनका लागि समाजले दुई नगरपालिका र आठ गाउँपालिकालाई ९ लाख ५२ हजार ५६ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको हो ।

    खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषको समन्वयमा खोटाङ समाज हङकङले चार थान अक्सिजन सिलिण्डर, सेनीटाइजर स्प्रे, पिपिई, फेससिल्ड, पल्स अक्सिमिटर, थर्मल गन, गाउन, सर्जिकल ग्लोव्स, ह्याण्ड सेनीटाइजर, स्ट्रेचर, ह्वील चेयर लगायतका स्वास्थ्य सामग्री उपलव्ध गराएको हो । सवै स्थानीय तहमा पुग्नेगरी खोटाङ समाज हङकङका सदस्य धर्मराज राईले शनिबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । 

    हाल हङकङमा बसिरहेका खोटाङ्गेले स्थापना गरेका समाजको अगुवाईमा हङकङमा सञ्चालन गरिएको सहयोग अभियानका क्रममा जम्मा भएको रकमबाट काठ्माण्डौंमा स्वास्थ्य सामग्री खरिद गरेर जिल्ला ल्याइएको हो । हरेक स्थानीय तहमा करिब ९० हजार बराबरको स्वास्थ्य सामग्री पुग्ने समाजले जनाएको छ ।

    कोभिड–१९ को महामारीका बेला आफ्नो जन्मभूमिमा बाँच्ने र बचाउने अभियान सफल बनाउनका लागि गाँस काटेर स्वास्थ्य सामग्री जुटाइएको समाजका सदस्य राईले बताए ।

    खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले एक लाखको परिधिमा रहेर कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री माग गर्न स्थानीय तहलाई आग्रह गरेको थियो । तर, अधिकांश स्थानीय तहबाट एक लाख बढीको स्वास्थ्य सामग्रीको माग आएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए ।

    कोभिड–१९ को महामारीलाई लक्षित गर्दै खोटाङ सेवा समाज यूकेले जिल्लालाई करिब २५ लाखको स्वास्थ्य सामग्री उपलव्ध गराएको केही समयपछि खोटाङ समाज हङकङले पनि जिल्लाका लागि स्वास्थ्य सामग्री पठाइदिएको हो । जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले तोकिए अनुसारको स्वास्थ्य सामग्री स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएका छन् । 
    खोटाङ समाज हङकङले जिल्ला अस्पतालमा आँखा अस्पताल स्थापना, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष स्थापना लगायतका सामाजिक काम गरिसकेको छ । 

    प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - २१:४४:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको