शुक्रवार, भाद्र २६ गते २०८३

बिदाका दिन बिना पास चलाइएका गाडी तथा मोटरसाइकल प्रहरी नियन्त्रणमा

बिदाका दिन बिना पास चलाइएका गाडी तथा मोटरसाइकल प्रहरी नियन्त्रणमा

रोदिक खबर

२३, श्रावण २०७८
  • 6.1K
    SHARES
  • बिदाका दिन बिना पास चलाइएका गाडी तथा मोटरसाइकल प्रहरी नियन्त्रणमा

    खोटाङ । खोटाङमा सार्वजनिक बिदाका दिन  १ वटा गाडी र ६ वटा मोटर साइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

    शनिबारका दिन बिना पास चलाइएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेगढी बहुप्राविधिक शिक्षालयको बा २ झ ४१६२ नम्बरको गाडी, धनुषा जिल्लाको शहीद नगरपालिकाको कार्यालयको प्रदेश नम्बर २–०२–०११ ब ०४७४ नम्बर र प्रदेश नम्बर २–०२–००१ ब ०४७५ नम्बरको मोटरसाइकल, खोटाङको केपिलासगढी गाउँपालिकाको कार्यालयको स १ ब ७५८ नम्बरको मोटरसाइकल, जिल्ला समन्वय समिति खोटाङको बा २ ब २१२२ नम्बरको मोटरसाइकल, सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिकाको कार्यालयको स १ ब ७३२ नम्बरको मोटरसाइकल र शहरी विकास तथा भवन कार्यालय ओखलढुंगाको प्रदेश नम्बर १–०२–००१ ब २६५४ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो । 

    इलाका प्रहरी कार्यालय हलेसी, प्रहरी बिट दिक्तेल रत्नपार्क र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङबाट खटिएका प्रहरीको टोलीले फरक–फरक स्थानबाट दुरुपयोग भइरहेका सरकारी सवारी साधन नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएको सवारी साधनलाई आगामी दिनमा दुरुपयोग नगर्ने शर्तमा सम्झाई बुझाई गरेर छाडिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक सागर साहले प्रेस विज्ञाप्तीमार्फत जानकारी दिए । पछिल्लो समय प्रहरीले सार्वजनिक विदाका दिन चलाइने सरकारी गाडीमाथिको निगरानी बढाएको छ । 

    प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - २१:५७:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको