शुक्रवार, भाद्र २६ गते २०८३

शारीरिक तथा मानसिक अपांगता भएकी महिलालाई आर्थिक सहयोग 

शारीरिक तथा मानसिक अपांगता भएकी महिलालाई आर्थिक सहयोग 

रोदिक खबर

२, भाद्र २०७८
  • 9.3K
    SHARES
  • शारीरिक तथा मानसिक अपांगता भएकी महिलालाई आर्थिक सहयोग 

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भइ हाल यूकेमा रहेका समाजसेवी चक्र राईले गाउँकै शारीरिक तथा मानसिक अपांगता भएकी महिलालाई आर्थिक सहयोग गरेका छन् ।

    बेलायती सेनाबाट अवकाश प्राप्त राईले बाम्राङकै शारीरिक र मानसिक अपांगता भएकी ४१ वर्षीय लिलामाया दाहाल (खत्री) लाई ६० हजार रकम प्रदान गरेका हुन् । मुख नलाग्ने, दुबै खुट्टा फर्किएका कारण हिँडडुल गर्न नसक्ने, हात सुकेको लगायतका शारीरिक र मानसिक अशक्तता भएकी लिलामायाको जीवन यापनमा सहयोग पुर्‍याउने लक्ष्यका साथ बेलायती सेनाबाट अवकाश प्राप्त राईले आर्थिक सहयोग पठाइदिएका हुन् । 

    पूर्व बेलायती सेना राईले पठाएको सहयोग रकममध्ये ५० हजार रकम स्थानीय चुप्ला पाण्डेगाउँ कृषि सहकारी संस्थामा लिलामायाकै नाममा खाता खोलेर जम्मा गरिदिएको र नगद १० हजार भने लिलामायालाई हस्तान्तरण गरिएको छ । बाम्राङका वडा सदस्य राजेन्द्र राई र दिक्तेल बहुमुखी क्याम्पसका सहायक प्राध्यापक लिलाबहादुर दाहाल (खत्री) ले लिलामायालाई ५० हजारको जम्मा भौचर र नगद १० हजार हस्तान्तरण गरेका छन् । ५० हजार रकम भने मासिक ४ हजारका दरले झिक्न मिल्नेगरी सहकारीमा जम्मा गरिदिएको सहायक प्राध्यापक खत्रीले बताए । 

    help to disable at bamrang (lilamaya) photo_khotang.jpg

    ‘ग’ वर्गको अपांगताको परिचयपत्र पाएकी लिलामाया हाल भाउजुको हेरचाहमा बसिरहेकी छन् । आमाबुवाको मृत्यु भएपछि दाजुभाउजुसँग बसिरहेकोमा दाजुको पनि मृत्यु भएपछि उनी भाउजुसँग बसिरहेकी छन् । सहयोगी राईले आवश्यताका आधारमा लिलामायालाई आगामी वर्ष पनि सहयोग गर्ने आश्वसन दिएका छन् । 

    प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - १३:४४:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको