खोटाङ । खोटाङकी गायिका रश्मी राई पुःन नयाँ म्यूजिक भिडियो लिएर आएकी छन् । रश्मीको स्वर, रोज लामा योञ्जनको शव्द र सुवाष चाम्लिङको संगीत रहेको ‘तिम्रो नयन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
सुवाष चाम्लिङको निर्देशन रहेको म्यूजिक भिडियो युमा आर्ट युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । मेगना मगरातीको छायाँकन तथा सम्पादन रहेको म्यूजिक भिडियोमा विशाल लिम्बू र शिखा राईको अभिनय रहेको छ ।
कोभिड–१९ का कारण लागू गरिएको निषेधाज्ञाको बीचमा गायिका राईको स्वरमा सजिएको नयाँ गीत बजारमा आएको हो । यसअघि गत साउन तेश्रो साता पनि गायिका राईको स्वर रहेको ‘सेवा सेवारो’ बोलको गीत सार्वजनिक भएको थियो । सो गीत उनको आफ्नै यूटुब च्यानल रश्मी राई अफिसियलमा साउन १९ गते अपलोड गरिएको छ ।
जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय चुम्लुङकी गायिका रश्मीले हालसम्म लोक, आधुनिक र पप लयका दुई दर्जन बढि कलेक्सन गीतमा स्वर दिइसकेकी छन् ।

‘एक, दुई, तीन भन्दै मायाँको गन्ती सुरु भो’ बोलको गीतमा स्वर दिएर सांगीतिक आकाशमा औपचारिक रुपमा प्रवेश गरेकी राई छोटो समयमै दर्शक/श्रोतको मनमा बस्न सफल भएकी छन् । बढिजसो युवा पुस्ताले रुचाउने गीतमा स्वर दिएकी उनी विभिन्न ठाउँमा आयोजित स्टेज पर्फमेन्समा पनि उत्तिकै जम्ने गरेकी छन् ।
भिडियो लिङ्क....
https://www.youtube.com/watch?v=TIxJUdAWaoA