शुक्रवार, भाद्र २६ गते २०८३

सुतिरहेकी महिलामाथि खुकुरी प्रहार गर्ने दुई पक्राउ 

सुतिरहेकी महिलामाथि खुकुरी प्रहार गर्ने दुई पक्राउ 

रोदिक खबर

२, भाद्र २०७८
  • 3.8K
    SHARES
  • सुतिरहेकी महिलामाथि खुकुरी प्रहार गर्ने दुई पक्राउ 

    खोटाङ ।  खोटाङमा सुतिरहेकी महिलामाथि नकाव लगाएर सांघातिक आक्रमण गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । कटेरामा सुतिरहेकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान तल्लो कात्तिकेकी ३८ वर्षीया ललिका भनिने सानिका राईलाई गत साउन १३ गते राती खुकुरी प्रहार गरेर गम्भीर घाईते बनाएको अभियोगमा सोही ठाउँको ऐसेलुखर्कका २८ वर्षीय टिसन राई र काभ्रेका २७ वर्षीय मने भनिने मनकुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । 

    आ–आफ्नो घरमा लुकिछिपी बसेको अवस्थामा मंगलबार राती पक्राउ गरिएका दुई अभियुक्तलाई बुधबार जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसुर मुद्धामा म्याद थप अनुमति लिएर हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक उमेश लम्सालले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

    घट्नामा संलग्न टिसन सानिकाको आफ्नै दिदीको छोरा हुन् । घट्नापछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सुक्ष्म अनुसन्धान तथा खोजतलास गर्नेक्रममा सुतिरहेकी महिलामाथि नकाव लगाएर खुकुरी प्रहार गर्ने अभियुक्तको पहिचान गरेको हो । उनीहरुको साथबाट घट्नामा प्रयोग गरिएको खुकुरी र रगत लागेको भेष्ट बरामद गरिएको प्रहरीले जनाइएको छ ।

    आक्रमणका क्रममा सानिकाको हात, चिउँडो, टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । खुकुरी आक्रमणका कोलाहल मच्चिएपछि कुकुर आएर झम्टिएपछि नकावधारी पुरुष सानिकाको मोबाईल लिएर भागेको बताइएको छ । नकाव लगाएका कारण आक्रमणकारीको पहिचान गर्न सकिएको थिएन । दिदीको छोरा टिसनसँगको मनमुटावका कारण उनीमाथि आक्रमण भएको स्थानीयको अनुमान छ । 
    खुकुरी प्रहारबाट गम्भीर घाईते राईको काठ्माण्डौंको बिएण्डबी लगायतका अस्पतालमा उपचार गरिएको महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए । 

    प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - १८:१६:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको