खोटाङ । महालेखा परिक्षकले खोटाङका स्थानीय तह बेरुजुले थलिएको देखाएको छ । शुक्रबार सार्वजनिक महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ का अनुशार जिल्लाका १० स्थानीय तह बेरुजुले थलिएको पाइएको हो । महालेखाका अनुसार आर्थिक वर्ष २०७६/०७७ खोटाङमा सवैभन्दा बढि जन्तेढुंगा गाउँपालिकाको बेरुजु देखिएको छ भने सबभन्दा कम रावावेशी गाउँपालिकाको देखिएकोे छ ।
महालेखाका अनुसार जन्तेढुंगा गाउँपालिकाको बेरुजु ७ करोड ८८ लाख ५८ हजार, केपिलासगढी गाउँपालिकाको बेरुजु ६ करोड ३५ लाख ६४ हजार, साकेला गाउँपालिकाको बेरुजु ४ करोड १३ लाख ३८ हजार, बराहपोखरी गाउँपालिकाको बेरुजु ४ करोड १० लाख ९ हजार, हलेसी तुवाचुङ नगरपालिकाको बेरुजु ४ करोड २९ लाख ९२ हजार उल्लेख छ ।
यस्तै, ऐसेलुखर्क गाउँपालिकाको बेरुजु ३ करोड ५७ लाख ४२ हजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बेरुजु ३ करोड ४५ लाख ६५ हजार, खोटेहाङ गाउँपालिकाको बेरजु ३ करोड २ लाख ३ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको बेरुजु २ करोड ९३ लाख ५३ हजार र रावाबेँसी गाउँपालिकाको बेरुजु १ करोड ७८ लाख ५४ हजार, उल्लेख छ ।
