खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । घरमा लागू औषध गाँजा लुकाइ राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका ५७ वर्षीय मगम राईलाई शनिबार पक्राउ गरेको हो ।
शनिबार राईको घर खान तलासी गर्दा १५ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरिक्षक सागर साहले आइतबार विज्ञप्तिमार्फत जानकारी दिएका छन् । १० बोरामा प्याक गरिएको गाँजा सहित पक्राउ परेका राईलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान ऐसेलुखर्कका ३७ वर्षीय खगेन्द्र राई भरुवा बन्दुक सहित पक्राउ परेका छन् । अवैध हातहतियार भरुवा बन्दुक छिपाइरहेको गोप्य सूचनाका आधारमा राईलाई एक नाल भरुवा बन्दुक सहित शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।