शुक्रवार, भाद्र २६ गते २०८३

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने

रोदिक खबर

७, भाद्र २०७८
  • 2.1K
    SHARES
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने

    लुम्बिनीमा मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै (सोमबार) विश्वासको मत लिने भएका छन् ।

    प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आजै विश्वासको मत लिने उल्लेख छ । प्रदेशसभा सचिवालयका अनुसार अब साढे ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनेछन् ।

    लुम्बिनी प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार अवरुद्ध गर्दै आएको छ । सोमबार पनि एमालेले प्रदेशसभा अवरुद्ध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले दिउँसो साढे २ बजेसम्म बैठक स्थगित गरेका थिए । त्यसपछि बसेको बैठकमा भने एमाले सांसदहरु सहभागी भएनन् । सो बैठकमा केही विधेयकहरु पेश गरी पुन: साढे ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

    प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - १५:३१:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको