शुक्रवार, भाद्र २६ गते २०८३

पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जना पक्राउ, प्रहरी निलम्बित

पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जना पक्राउ, प्रहरी निलम्बित

रोदिक खबर

७, भाद्र २०७८
  • 2.4K
    SHARES
  • पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जना पक्राउ, प्रहरी निलम्बित

     रौतहट । जिल्ला प्रहरी कार्यालय, रौतहटले निर्दोष व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरिएको स्वीकारेको छ । तर यसमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले भने, ‘नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीद्वारा धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको पाइएको छ ।’ उनको दाबीअनुसार त्यसपछि शहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाएर पक्राउ गर्न लगाएका थिए ।

    अनुसन्धानबाट फरक तथ्य खुलेपछि यादवद्वयलाई पक्राउ गरिएको शाहले बताए । उनका अनुसार अपराधिक षड्यन्त्र सम्बन्धी कसूरमा पक्राउ गरी ६ दिन म्याद थप गरिएको छ । साथै, गैरव्यवसायिक काम गर्ने दुई प्रहरीलाई निलम्बन गरिएको शाहले बताए । रौतहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो । हालै सार्वजनिक एक सीसी टीभी फुटेजमा लागूऔषध राखिदिएर पक्राउ गराइएको देखिएपछि अनुसन्धान थालिएको थियो ।अनलाइनखबरबाट । 

    प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - २१:३६:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको