शुक्रवार, भाद्र २६ गते २०८३

दोहोरो नागरिकता लिएको आरोपमा एकजना पक्राउ

दोहोरो नागरिकता लिएको आरोपमा एकजना पक्राउ

रोदिक खबर

९, भाद्र २०७८
  • 4.1K
    SHARES
  • दोहोरो नागरिकता लिएको आरोपमा एकजना पक्राउ

    सप्तरी : दुई देशका परिचयपत्र फेला परेपछि एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका—२ का प्रमोदकुमार मण्डल रहेको प्रहरीले जनाएको छ।

    नेपाली नागरिकता, मतदाता परिचयपत्रका साथै भारतीय आधार कार्ड फेला परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अभियुक्तलाई अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिए।

    जिल्ला प्रशासन कार्यालयबाट २०६२ साल भदौ १७ गते उनले लिएको नागरिकता प्रमाणपत्र नम्बर ६६७३ छ। जन्म मिति २०४६ साल जेठ २३ गते रहेको उनको मतदाता परिचयपत्र नम्बर ०६७४५८७४ छ।

    उनीसँग फेला परेको भारतको आधार कार्डमा भारतीय ठेगाना पिप्रा खुर्द विष्णुपुर–६ सुपौल सरायगढ भपटियाही बिहार ८५२१०५ उल्लेख छ। दुवै परिचयपत्रमा उमेर करिब एक वर्ष फरक देखिन्छ। रासस

    प्रकाशित मिति :भाद्र ९, २०७८ बुधवार - १३:५५:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको