• ट्रेण्डिङ:

जन्तेढुंगा गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गर्‍यो

जन्तेढुंगा गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गर्‍यो

रोदिक खबर

९, भाद्र २०७८
  • 5.1K
    SHARES
  • जन्तेढुंगा गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गर्‍यो

     खोटाङ । , खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । हालसम्म तत्कालिन चिसापानी गाबिसको कार्यालयबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण गरेर सेवा प्रवाह सुरु गरेको हो ।

    आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकाले विनियोजन गरेको ७१ लाख, आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारबाट प्राप्त ५० लाख र २०७७/०७८ मा संघीय सरकारबाट प्राप्त ८५ लाख गरी २ करोड ६ लाखमा गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको हो ।

    साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिका अढाइ तले भवन बनिनसक्दै एक तला फिनिसिङ गरेर सरेको हो । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा, इन्जिनियर, आइटी, सभाहल गरी १० कोठा भएको एक तले भवन निर्माण गरिएको छ ।

    संघीय सरकारबाट प्राप्त १ करोडमध्ये १५ लाख बजेट फ्रिज भएको गाउँपालिकाका सामाजिक बिकास शाखाका प्रमुख बिदुरमान राईले बताए ।

    गाउँपालिकाको भवनलाई अढाई तले बनाउने तयारी छ । बाँकी तला निर्माणका लागि पनि चालु आर्थिक वर्ष संघीय सरकारबाट १ करोड समपुरक अनुदान प्राप्त भएको सामाजिक बिकाश शाखा प्रमुख राईले बताए । कोभिड–१९ को महामारीका कारण गाउँपालिकाको भवन औपचारिक रुपमा उद्घाटन गर्न बाँकी रहेको जनाइएको छ ।

    प्रकाशित मिति :भाद्र ९, २०७८ बुधवार - २१:१६:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको