शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङमा दाजुको हत्या अभियोगमा भाई र भतिज पक्राउ 

खोटाङमा दाजुको हत्या अभियोगमा भाई र भतिज पक्राउ 

रोदिक खबर

१०, भाद्र २०७८
  • 6.9K
    SHARES
  • खोटाङमा दाजुको हत्या अभियोगमा भाई र भतिज पक्राउ 

    खोटाङ । खोटाङमा हत्या अभियोगमा काका र भतिज पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ३३ वर्षीय गिरीराज थापाको हत्या अभियोगमा उनकै सहोदर भाई २३ वर्षका नारायण थापा र भतिजो पर्ने १५ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

    बुधबार साँझ मुढेबाट घर फर्कनेक्रममा भोटे पिपलको रुखमा भैंसी बाँध्ने नाइलनको डोरीले घाँटीमा बाँधेर कर्तव्य गरेको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    घट्नामा प्रयोग गरिएको डोरी सहित पक्राउ परेका दुई जनालाई कानून बमोजिम पक्राउ गरी हिरासतमा राखेर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमती लिएर अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक उमेश लम्सालले जानकारी दिए । 

    गिरीराज घर नजिकैको सल्लाघारीमा बुधबार साँझ ७ बजे मृत फेला परेका थिए । आफ्नो घरायसी झगडा र दाजुभाई बिच रहेको मनमुटावका कारण गिरीराजको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    गिरीराज मृत फेला परेको र घरमा ल्याइएको जानकारी आएलगत्तै प्रनाउ लम्साल नेतृत्वको प्रहरीको टोली घट्नास्थल पुगेको थियो । गिरीराजको शव टुक्रुक्क राखेर घाँटी तेर्सोबाट रुखमा बाँधेको अवस्थामा फेला परेको थियो ।

    मृतकको घाँटीमा निलडाम भएको र शंकास्पद अवस्थामा रहेकाले सुक्ष्म रुपमा अनुसन्धान गर्दै जानेक्रममा दोषी पत्ता लागेको प्रनाउ लम्सालले बताए । 

    प्रकाशित मिति :भाद्र १०, २०७८ बिहिवार - २१:००:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको