शुक्रवार, भाद्र २६ गते २०८३

कोरोनाको कहरकाबीच आज तीज मनाइँदै

कोरोनाको कहरकाबीच आज तीज मनाइँदै

रोदिक खबर

२४, भाद्र २०७८
  • 5.2K
    SHARES
  • कोरोनाको कहरकाबीच आज तीज मनाइँदै

    आज हरितालिका तीजको मुख्य दिन, हिन्दू नेपाली महिलाले विशेष रुपले मनाउँदैछन् । खोटाङमा धेरै हिन्दू महिलाहरु दिक्तेलको कालिका भगवती, हलेसी लगायतका शिवमन्दिरहरुमा पुगेर मनाइने तीज  कोरोना कहरका कारण टोलटोमा भेला भएर मनाइरहेका छन् ।

     विवाहित महिलाले श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्न र अविवाहितहरुले असल वर पाउन व्रत बस्ने प्रचलन रहेको छ ।

    विगतका वर्षहरुमा तीजका बेला हलेसीलगायतका शिवालयमा पूजा गर्न जाने महिलाको निकै ठूलो भीड लाग्थ्यो । तर गत वर्ष र यसवर्ष भने कोरोना भाइरसको महामारीका कारण मन्दिरमा पहिलेको तुलनामा भीड कम देखिएको छ ।

    सरकारले सार्वजनिक स्थलमा भीडभाड नगर्न, मास्क लगाउन, व्यक्ति–व्यक्तिबीचको दूरी २ मिटर कायम गर्न आग्रह गरेको छ । तर तीजको दिन मन्दिर पुग्नेहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेका छैनन् ।

     भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

    धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् ।

    यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

    सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरु बताउछन् ।  स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिनेछ  ।

    “अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ । नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् ।

    यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाई छ । यस वर्ष महिलाले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन् ।

    प्रकाशित मिति :भाद्र २४, २०७८ बिहिवार - १५:४४:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको