• ट्रेण्डिङ:

विश्व प्राथमिक उपचार दिवसको अवसरमा मास्क वितरण 

विश्व प्राथमिक उपचार दिवसको अवसरमा मास्क वितरण 

रोदिक खबर

२६, भाद्र २०७८
  • 2.5K
    SHARES
  • विश्व प्राथमिक उपचार दिवसको अवसरमा मास्क वितरण 

    खोटाङ । विश्व प्राथमिक उपचार दिवसको अवसरमा खोटाङमा मास्क वितरण गरिएको छ । दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको अगुवाईमा दिक्तेलको हाटडाँडादेखि जिल्ला समन्वय समितिको कार्यालयसम्म ¥याली निकाल्दै मास्क वितरण गरिएको हो ।

    ¥याली प्रदर्शनका क्रममा कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बजारमा आवत–जावत गर्ने नागरिकलाई मास्क वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति कुमारसिं बस्नेतले बताए । जिल्लामा ‘विद्यालय तथा समुदायमा प्राथमिक उपचार नायक बन्नुहोस्’ भन्ने मुल नाराका साथ विश्व प्राथमिक उपचार दिवस मनाइएको हो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक उमेश लम्साल, दिक्तेल रुपाकोत मझुवागढी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष टंकप्रसाद आचार्य, राष्ट्रिय मानव अधिकार आयोग खोटाङका प्रमुख श्यामबाबु काफ्ले, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री लगायतको उपस्थिति रहेको लोकमाया थापाले जानकारी दिइन् । 

    प्रकाशित मिति :भाद्र २६, २०७८ शनिवार - २२:१२:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको