रुखमा टाँड (डेरा) बनाएर अनलाइन कक्षामा सहभागी भइरहेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर । सरस्वती माबि अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाईन कक्षामा सहभागीता जनाउन थालेका हुन् । छात्र मगरले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाईन कक्षामा सहभागी हुँदैआएको बताए । तस्वीर : दमन राई




