• ट्रेण्डिङ:

४ वर्षीया बालिकासहित कोरोनाको कारण थप ७ जनाको मृत्यु

४ वर्षीया बालिकासहित कोरोनाको कारण थप ७ जनाको मृत्यु

रोदिक खबर

१५, भाद्र २०७७
  • 1.9K
    SHARES
  • ४ वर्षीया बालिकासहित कोरोनाको कारण थप ७ जनाको मृत्यु

    काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना महिला, एक ४ वर्षीया बालिका र ४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला र रुपन्देहीकी ६८ वर्षीया महिला रहेकी छिन् ।

    त्यस्तै मृत्यु हुने पुरुषहरुमा झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुष रहेका छन् । नेपालमा पछिल्लो समय ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौंमा १ सय ९० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा गौतमले जानकारी दिए ।

    प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - १७:३३:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको