शुक्रवार, भाद्र २६ गते २०८३

प्रहरीले भेटेको पैसा सम्बन्धित व्यक्तिलाई फिर्ता

प्रहरीले भेटेको पैसा सम्बन्धित व्यक्तिलाई फिर्ता

रोदिक खबर

३१, भाद्र २०७८
  • 12.5K
    SHARES
  • प्रहरीले भेटेको पैसा सम्बन्धित व्यक्तिलाई फिर्ता

    खोटाङ । खोटाङमा प्रहरीको गस्तीले भेटेको पैसा सम्वन्धित व्यक्तिलाई फिर्ता दिएको छ । गस्ती गर्नेक्रममा इलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीबाट खटिएका प्रहरीले सडकमा फेला पारेको २ हजार ३४५ रुपैयाँ सम्वन्धित व्यक्ति हलेसीकै उचितबहादुर राईलाई फिर्ता गरेका हुन् ।

    हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा गस्तीमा निस्किएका प्रहरी जवान डिकबहादुर कार्कीले बिहिबार भेट्टाएको पैसा केही समयपछि सम्वन्धित व्यक्तिलाई खोजेर फिर्ता दिइएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक प्रमोद कार्कीले बताए । 
    हराएको पैसाका विषयमा इलाका प्रहरी कार्यालयमा फोन आएको र उचितबहादुरले भने अनुसारकै नोट पाइएकाले फिर्ता दिइएको प्रहरीले जनाएको छ । उचितबहादुरले पानीको शुल्क वापत उठाइएको रकम हराएको बताएका छन् । ज्याकेटको गोलीको चेन खुला भएका कारण उचितबहादुले पैसा खसाएको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र ३१, २०७८ बिहिवार - २१:४६:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको