खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा समाजसेवी टंक श्रेष्ठले अक्षय कोष स्थापनाका लागि ५० हजार प्रदान गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा जन्मिएर हाल काठमाण्डौमा बस्दै आएका श्रेष्ठले कालिका माबिमा अक्षय कोष स्थापनाका लागि प्रअ बेदीकुमार राईलाई ५० हजारको चेक शनिवार हस्तान्तरण गरेका हुन् ।
कालिका माविबाट एसइईमा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई व्याजबाट पुरस्कृत गर्ने व्यवस्थाका लागि श्रेष्ठले अक्षय कोष स्थापनार्थ सहयोग गरेका हुन् ।