खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती नमुना मावि दिक्तेललाई टंकबहादुर श्रेष्ठले अक्षय कोष स्थापनाका लागि १ लाख ५० हजार प्रदान गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा जन्मिएर हाल काठमाण्डौलाई कर्मथलो बनाएका श्रेष्ठले सरस्वती नमुना माविमा अक्षय कोष स्थापनाका लागि ‘टंकबहादुर/शारदा श्रेष्ठ सामाजिक संस्थाको तर्फबाट सरस्वती माविका निमित्त प्रधानाध्यापक ज्ञानवहादुर राई कोष स्थाजनाका लागि १ लाख ५० हजारको चेक आइतवार हस्तान्तरण गरेका हुन् । स्वर्गीय पर्शुराम राई प्रतिष्ठानले असमाविबाट एसइईमा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई व्याजबाट पुरस्कृत गर्ने व्यवस्थाका लागि श्रेष्ठले अक्षय कोष स्थापनार्थ सहयोग गरेका हुन् ।
रकम हस्तान्तरण कार्यक्रममा स्वर्गीय पर्शुराम राई प्रतिष्ठानका सल्लाहकार आरके दाहाल, करविका थापा, रविन चाम्लिङ, निशान राई, उपाध्यक्ष चन्द्रकुमारी राई, सचिव इन्द्रबहादुर राई, सरस्वती नमुना माविका विव्यास अध्यक्ष जयप्रसाद आचार्य, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष टंकप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।