खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा बालाबेँसीका ५४ वर्षीय जीतबहादुर राई मृत फेला परेका छन् । शनिबार काम विशेषले घरबाट हिँडेका राई केपिलासगढी गाउँपालिका–३ बाँसपानीको खोक्मामा मृत फेला परेका हुन् ।
घरबाट हिँडेपछि सम्पर्क विहिन बनेका राई सोमबार खोक्माको जालपादेवी नजिकै सडक भन्दा एक कान्लामाथि मृत फेला परेको स्थानीय प्रताप राईले जानकारी दिए ।
घट्नाको विषयमा अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी घट्नास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरिक्षक सागर साहले बताए ।