शुक्रवार, भाद्र २६ गते २०८३

बैंकिङ कसुरमा जरिवाना तोकिएका खत्री पक्राउ

बैंकिङ कसुरमा जरिवाना तोकिएका खत्री पक्राउ

रोदिक खबर

१२, आश्विन २०७८
  • 3.9K
    SHARES
  • बैंकिङ कसुरमा जरिवाना तोकिएका खत्री पक्राउ

    खोटाङ । बैंकिङ कसुर मुद्धामा फरार खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेका २६ वर्षीय खगेन्द्र खत्री पक्राउ परेका छन् । उच्च अदालत पाटनले २८ पुस २०७७ मा बैंकिङ कसूर मुद्धामा ४ दिन र १० लाख ६५ हजार रुपैयाँ जरिवाना सुनाएका खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले पक्राउ गरेको हो ।

    खत्रीलाई काठ्माडौं कपन बालुवाखानी बस्दै आएका खत्रीलाई मंगलबार सोही स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । अभियुक्तमाथि २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभए पनि झुक्याएर नेपाल ग्लोबल आईएमई बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई १० लाख ६५ हजार रुपैयाँ बराबरको चेक काटेर दिएको अभियोग छ ।

    पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले खत्रीलाई ४ दिन र १० लाख ६५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

    प्रकाशित मिति :आश्विन १२, २०७८ मंगलवार - २१:४०:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको