• ट्रेण्डिङ:

 'रिसाउ न त रिसाउ' बोलको गीतको भिडियो सार्वजनिक

 'रिसाउ न त रिसाउ' बोलको गीतको भिडियो सार्वजनिक

रोदिक खबर

१४, आश्विन २०७८
  • 2.4K
    SHARES
  •  'रिसाउ न त रिसाउ' बोलको गीतको भिडियो सार्वजनिक
    काठमाडौं । अमेरिकामा साइबर सेक्युरेटी एनालिस्ट इन्जिनियरका रुपमा कार्यरत दिनेश खनाल पहिलो पटक  'रिसाउ न त रिसाउ' बोलको गीत मार्फत  अभिनयमा डेब्यु गरेका छन्।  

    गायक प्रताप दासको स्वर रहेको  गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ।  नविन कार्कीले संगीतवद्द गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन् ।  अमेरिकामा छायांकन भएको  भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ।  

    म्युजिक भिडियोमा दिनेश खनाल र बिष्णु मिश्रलाई क्युट कपलको रुपमा प्रस्तुत गरिएको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।  मोडल खनालको आधिकारिक च्यानल 'दिनेश खनाल अफिसिएल' मार्फत भिडियो सार्वजनिक गरिएको हो।  म्युजिक भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।  
    भिडियो लिंक: https://youtu.be/Jci7p6TGnCo

    प्रकाशित मिति :आश्विन १४, २०७८ बिहिवार - ०८:४१:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको