पाँचथर । 'ढुङ्गाको प्रेम' कविता संग्रह लोकार्पण भएको छ। गिरिराज बाँस्कोटाद्वारा लिखित कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आइतबार लोकार्पण गरिएको हो।
शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल वैद्यले लोकार्पण गरेका थिए। केन्जो खबर डटकमले आयोजना गरेको कार्यक्रममा विमोचित कृतिमा २७ कविता छन्।
लेखक बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष समेत हुन्। कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उपप्रमुख लक्ष्मी ढुंगानाले नेपाली साहित्यमा हस्तक्षेप गर्न सक्ने कविता भएको चर्चा गरे। हरेक कविताले विभिन्न विषय उजागर गरेको उनको भनाई थियो।
प्रमुख अतिथि वैद्यले एउटा यायावरले लेखेको कविता संग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताए। पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले साहित्यका लागि महत्वपूर्ण जिल्लाबाट पत्रकारले लेखेको पुस्तकले पक्कै महत्वपूर्ण स्थान हासिल गर्ने अपेक्षा राखे।