• ट्रेण्डिङ:

खोटेहाङमा चार वर्षमा १८७ किलोमिटर नयाँ सडक ट्र्याक 

खोटेहाङमा चार वर्षमा १८७ किलोमिटर नयाँ सडक ट्र्याक 

रोदिक खबर

७, कार्तिक २०७८
  • 4.1K
    SHARES
  • खोटेहाङमा चार वर्षमा १८७ किलोमिटर नयाँ सडक ट्र्याक 

    खोटाङको खोटेहाङ गाउँपालिकाले चार वर्षको अवधिमा १८७ किलोमिटर नयाँ सडकको ट्र्याक खोलेको छ । ९ वडा रहेको गाउँपालिकाले गाउँ–गाउँमा सडक विस्तार गर्ने योजना अन्तरगत १८७.३८ किलोमिटर नयाँ सडकको ट्र्याक खोलेको हो ।

    गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा ९१ किलोमिटर, आर्थिक वर्ष २०७५/०७६ मा ३८.७७ किलोमिटर, आर्थिक वर्ष २०७६/०७७ मा ३७.०४ किलोमिटर र आर्थिक वर्ष २०७७/०७८ मा २०.५७ किलोमिटर नयाँ सडक ट्र्याक खोलेको छ ।

    यस्तै, चार वर्षको अवधिमा ४१.१९ किलोमिटर सडकलाई ६ मिटर चौडा गरिएको र ५१.४३ किलोमिटर सडकलाई ८ मिटर चौडा पारिएको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । 

    आर्थिक वर्ष २०७४/०७५ मा १० किलोमिटर, आर्थिक वर्ष २०७५/०७६ मा २४.३४ किलोमिटर, आर्थिक वर्ष २०७६/०७७ मा ३.२६ किलोमिटर र आर्थिक वर्ष २०७७/०७८ मा ३.५९ किलोमिटर सडकलाई ६ मिटर चौडा पारिएको छ ।

    यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा २९.२७ किलोमिटर, आर्थिक वर्ष २०७५/०७६ मा १२.९६ किलोमिटर, आर्थिक वर्ष २०७६/०७७ मा ३.४५ किलोमिटर र आर्थिक वर्ष २०७७/०७८ मा ५.७५ किलोमिटर सडकलाई ८ मिटर चौडा पारिएको प्रमुख प्रशासकीय अधिकृत हरि भट्टराईले बताए ।  कच्ची सडकका कारण हरेक वडामा सवारी साधन आवत–जावत गर्ने वातावरण बनेको गाउँपालिकाले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक ७, २०७८ आइतवार - १८:३०:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको