• ट्रेण्डिङ:

काठमाडौं उपत्यकाका ४८१ सहित नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०६९ जना संक्रमित थपिए

काठमाडौं उपत्यकाका ४८१ सहित नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०६९ जना संक्रमित थपिए

रोदिक खबर

१६, भाद्र २०७७
  • 3.0K
    SHARES
  • काठमाडौं उपत्यकाका ४८१ सहित नेपालमा पछिल्लो २४ घण्टामा  देशभर १०६९ जना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७६८ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ ।

    प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - १६:३२:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको