• ट्रेण्डिङ:

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा

रोदिक खबर

१५, कार्तिक २०७८
  • 2.0K
    SHARES
  • प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् ।

    सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘हाम्रो अंकगणित मेल नखाएको र १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु ।’

    १० भदौमा मुख्यमन्त्री बनेका आचार्य २५ गते नै अल्पमतमा परेका थिए । एमालेका १० सांसदले एकीकृत नेकपा समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिने विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए । तर प्रस्ताव तत्काल मतदानमा लगिएन ।

    प्रदेशसभामा आफ्नो दल अल्पमतमा परेसँगै सरकार छाड्ने सोच रोखेको भएपनि जनताको अपेक्षा र कामको चापले हतारो गर्न नदिएको आचार्यको दाबी छ । उनले अघि भने, ‘यो सरकार स्थिर रहोस् भन्ने जनताको अपेक्षा थियो । कामको चापले पनि यो सरकारको माग गरिरहेको थियो ।’

    प्रकाशित मिति :कार्तिक १५, २०७८ सोमवार - १५:२७:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको