• ट्रेण्डिङ:

केन्द्रीय कारागारका ३ कैदीबन्दीको मृत्यु , ५० कैदी र ५६ प्रहरीमा संक्रमण पुष्टि

केन्द्रीय कारागारका ३ कैदीबन्दीको मृत्यु , ५० कैदी र ५६ प्रहरीमा संक्रमण पुष्टि

रोदिक खबर

१६, भाद्र २०७७
  • 2.8K
    SHARES
  • केन्द्रीय कारागारका ३ कैदीबन्दीको मृत्यु , ५० कैदी र ५६ प्रहरीमा संक्रमण पुष्टि

    काठमाडौ । राजधानी काठमाडौको सुनधारामा रहेको केन्द्रीय कारागारमा ३ कैदीबन्दीको गएराति मृत्यु भएको छ । मृत्यु भएकामध्ये १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

    संक्रमित युवक कञ्चनपुरका ४० वर्षीय कैदीको मेघा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।

    सिरहाका ६४ वर्षीय पुरुषको भने कारागारमै मृत्यु भएको हो । बझाङका ६० वर्षीय पुरुषको गएराति वीर अस्पतालमा उपचारका क्रममा मृत्यु थियो । दुबैको मृत्यु कोरोना संक्रमणबाटै भएको आशंकामा उनीहरुको स्वाब संकलन गरिपरीक्षणको लागी पठाइएको छ ।

    केन्द्रीय कारगारका ५० कैदी र ५६ प्रहरीमा केही दिनअघि मात्र संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको भने स्वाब संकलन हुन बाँकी रहेको छ ।

    संक्रमण पुष्टि भएको ५ दिनपछि मात्रै कन्ट्रयाक ट्रेसिङ गर्ने भनिएकाले स्वाब संकलन गर्न बाँकी रहेको कारागार प्रशासनले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - १७:१९:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको