• ट्रेण्डिङ:

खोटाङमा कोभिड विरुद्ध दैनिक खोप सेवा सञ्चालन गरिने

खोटाङमा कोभिड विरुद्ध दैनिक खोप सेवा सञ्चालन गरिने

रोदिक खबर

१५, मंसिर २०७८
  • 2.3K
    SHARES
  • खोटाङमा कोभिड विरुद्ध दैनिक खोप सेवा सञ्चालन गरिने

    खोटाङ । खोटाङमा कोभिड–१९ विरुद्ध दैनिक खोप सेवा सञ्चालनको तयारी गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बुधबार बसेको बैठककले दिक्तेलको अस्थायी कोभिड अस्पतालमा कोभिड विरुद्ध दैनिक खोप सञ्चालनको निर्णय गरेको हो ।

    कतिपय पालिकामा पठाइएका कोभिड विरुद्धका खोप फिर्ता आउन थालेपछि अस्थायी कोभिड अस्पतालबाट दैनिक खोप सेवाको व्यवस्थाका लागि तयारी गरिएको प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले बताए । 

    हालसम्म कोभिड विरुद्धका खोप लगाउन छुट भएका तथा इच्छुक नागरिकलाई लक्ष्यित गर्दै दैनिक खोप सेवा सञ्चालनमा ल्याउन लागिएको हो ।

    बैठकमा अस्थायी कोभिड अस्पतालबाट दैनिक कोभिड विरुद्धका खोप सेवा सञ्चालनका लागि स्वास्थ्य कार्यालयले खोप तथा खोप सामग्री उपलव्ध गराउने, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दैनिक एक जना खोप लगाइदिने स्वास्थ्यकर्मी खटाउने र जिल्ला असपतालले खोप सेवा सञ्चालन गर्ने हल उपलव्ध गराउने निर्णय भएको छ । अन्य स्थानीय तहबाट फिर्ता पठाइएका कोभिड खोपलाई सदुपयोग गर्दै दैनिक खोप सेवा सञ्चालनको तयारी थालिएको हो । 

    यसअघि स्ट्राजेनिका खोपको पहिलो मात्राको खोप लगाएका नागरिकका लागि आगामी २२ र २३ मंसिरमा दोश्रो खोप अभियान सञ्चालन गरेपछि दिक्तेलबाट दैनिक खोप सेवा सञ्चालनको व्यवस्था गरिने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । गत १५ र १६ भदौ तथा ४ र ५ असोजमा स्ट्राजेनिका खोपको प्रथम मात्राको अभियान सञ्चालन गरिएको थियो । 

    प्रकाशित मिति :मंसिर १५, २०७८ बुधवार - १७:३२:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको