• ट्रेण्डिङ:

चट्याङ लागेर एक महिलाको मृत्यु

चट्याङ लागेर एक महिलाको मृत्यु

रोदिक खबर

१७, भाद्र २०७७
  • 1.5K
    SHARES
  • चट्याङ लागेर एक महिलाको मृत्यु

    ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो ।

    यसैबीच चट्याङकै कारण सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी पाँच जना घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ । मङ्गलबार दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भएको थियो ।

    प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - ०८:५८:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको