खोटाङ । मातृ भाषाको प्रवद्र्धनमा खोटाङमा वहुभाषिक कविता गोष्ठी आयोजना गरिएको छ । विभिन्न भाषाभाषीको संरक्षण र संवद्र्धनमा टेवा पु¥याउनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (समालोचना र निवन्ध) विभाग तथा साहित्य (मातृभाषा) विभागले टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङसँगको सहकार्यमा वहुभाषिक कविता गोष्ठी गरेको हो । जिल्ला समन्वय समितिको सभाहलमा मंगलबार आ
वहुभाषिक कविता गोष्ठीमा विभिन्न भाषाका ३३ वटा कविता वाचन गरिएको आयोजकले जनाएको छ । वहुभाषिक कविता गोष्ठीमा नेपाली, चाम्लिङ, वाम्बुले, तिलुङ, मगर, भुजेल, तामाङ, नाछिरिङ, साम्पाङ लगायतका भाषाका साहित्य श्रष्टाले कविता वाचन गर्दै सुनाएको टेम्के तुवाचुङ प्रतिष्ठानका सदस्य युगसन किरातले बताए ।
‘लोपोन्मुख बन्दै गएको मातृ भाषा संरक्षण अभियान अव साहित्यका माध्यमबाट सफल बनाउन सम्भव छ,’ किरातले भने, ‘साहित्यको विकास पनि हुन्छ, भाषाको प्रवद्र्धन पनि हुन्छ । यसका कारण वहुभाषिक कविता गोष्ठी आयोजना गरिएको हो ।’
कार्यक्रममा ‘खोटाङ जिल्लामा नेपाली साहित्यको अवस्था’ का विषयमा साहित्यकार एवं प्राध्यापक डा. धनप्रसाद सुवेदी र ‘खोटाङ जिल्लामा मातृभाषाको साहित्य लेखन’ का विषयमा मातृभाषा संरक्षणका अभियान्ता एवं सितिमी मासिकका सम्पादक तिलक चाम्लिङले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सुवेदीको कार्यपत्रमाथि साहित्यकार एवं अध्यापक रामविक्रम थापा र चाम्लिङको कार्यपत्रमाथि साहित्यकार एवं अध्यापक बेदीकुमार राईले टिप्पणी गरेका थिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (समालोचना र निवन्ध) विभागका प्रमुख प्राध्यपक डा. गोपिन्द्र पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (मातृभाषा) विभागका प्रमुख लक्ष्मी माली, बरिष्ठ कवि तथा साहित्यकार स्नेह सायमी लगायतको उपस्थिति रहेको थियो ।