खोटाङ । खोटाङमा गत भदौ र असोजमा कोभिड–१९ विरुद्ध कोभिशिल्ड र एस्ट्रा जेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई दोश्रो मात्राको खोप दिन सुरु गरिएको छ । गत १५ र १६ भदौ तथा ४ र ५ असोजमा कोभिशिल्ड र एस्ट्रा जेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई दोश्रो मात्राको खोप दिन सुरु गरिएको हो ।
कोभिशिल्ड र एस्ट्रा जेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई मंगलबार र बुधबार कोभिशिल्ड खोप दिन सुरु गरिएको हो । एस्ट्रा जेनेका खोपको पहिलो मात्रा लगाएका नागरिकलाई पनि कोभिशिल्ड खोप दिन सुरु गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।
भदौ र असोजमा सञ्चालन गरिएको खोप अभियानमा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका १३ हजार नागरिकले कोभिशिल्ड र एस्ट्रा जेनेका खोप लगाएका थिए । तिनै नागरिकलाई अहिले कोभिशिल्डको दोश्रो मात्राको खोप दिन थालिएको हो । पहिला एस्ट्रा जेनेका खोप लगाएकालाई दोश्रो मात्रामा कोभिशिल्ड खोप दिन मिल्ने सिग्देलले बताए ।