शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

आदिवासी जनजाती पत्रकार महासंघ खोटाङको अध्यक्षमा रामधन

आदिवासी जनजाती पत्रकार महासंघ खोटाङको अध्यक्षमा रामधन

रोदिक खबर

२५, मंसिर २०७८
  • 2.2K
    SHARES
  • आदिवासी जनजाती पत्रकार महासंघ खोटाङको अध्यक्षमा रामधन

    खोटाङ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) खोटाङको अध्यक्षमा रामधन राई चयन भएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार सम्पन्न चौथो जिल्ला अधिबेसनले राईको अध्यक्षतामा १५ सदस्यीय आदिवासी जनजाती पत्रकार महासंघको जिल्ला कार्य समिति गठन गरेको छ । राई दोश्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।

    महासंघको उपाध्यक्षमा चिसाङ शेर्पा, सचिवमा सञ्जिव राई, सह–सचिवमा उमेश भुजेल र कोषाध्यक्षमा एल्जिना राई चयन भएका छन् । फोनिजको सदस्यमा कृष्णकला राई, असल चरित्र राई, सुनिल श्रेष्ठ, जीवन राई, पूजा राना, जीवन राना, कला राई, तजिना राई, प्रवीण राई र कोसीकुमार राई चयन भएका छन् ।

    प्रदेश प्रतिनिधिमा खिलन राई, कृष्णकला राई र सुदीप राई तथा केन्द्रीय प्रतिनिधिमा सुर्य तामाङ, संगीता राई र टिवन राई चयन भएका छन् । फोनिजका केन्द्रीय सदस्य केदार मगरको प्रमुख आतिथ्यता एवं नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पाको विशेष आतिथ्यतामा अधिबेसन सम्पन्न भएको हो ।

    प्रकाशित मिति :मंसिर २५, २०७८ शनिवार - २२:३२:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको