खोटाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङको अध्यक्षमा टंक कटुवाल चयन भएका छन्। राष्ट्रिय शिक्षक संगठनको १२ औ जिल्ला अधिवेशनबाट कटुवाल सर्वसहमत चयन भएका हुन्। जिल्ला समन्वय समितिको हलमा शनिबार सम्पन्न अधिवेशनले कटुवालको अध्यक्षतमा २८ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।
संगठनको उपाध्यक्षमा इश्वर कुमार लम्साल, महिला उपाध्यक्षमा सर्मिला राई, सचिव नवीन चाम्लिङ, सह–सचिव महिलामा निर्मला कार्की, कोषाध्यक्षमा दुर्वाशा भट्टराई, सह–कोषाध्यक्षमा मञ्जु आचार्य (अधिकारी) चयन भएका छन्।
२८ सदस्यभित्रै दश पालिकाबाट पनि सदस्यहरु चयन गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट लक्ष्मीप्रसाद खनाल, रामकुमार श्रेष्ठ, हलेसी तुवाचुङ नगरपालिकाबाट शिवकुमार राई, तिर्थराज खड्का, खोटेहाङ गाउँपालिकाबाट देवेन्द्रराज शर्मा र ऐसेलुखर्क गाउँपालिकाबाट हरिराम बस्नेत चयन भएका छन्।
यस्तै, केपिलासगढी गाउँपालिकाबाट कुमार खड्का, रावाबेशी गाउँपालिकाबाट हर्कबहादुर कार्की, जन्तेढुगा गाउँपालिकाबाट राजन पराजुली, बराहपोखरी गाउँपालिकाबाट तोर्ण बहादुर विक, दिप्रुङ चुईचुम्मा गाउँपालिकाबाट दुर्गाप्रसाद गुरागाई र साकेला गाउँपालिकाबाट शंकर घिमिरे सदस्यमा चयन भएका छन्।
यसैगरी, केन्द्रीय प्रतिनिधिमा मनकाजी राई, सविता ढकाल, कृष्णप्रसाद अधिकारी र केशरकुमार राई चयन भएको जनाईएको छ। शुक्रबार सुरु भएको अधिवेशन नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले दिप प्रज्ज्वलन र कार्यक्रमका विशेष अतिथि प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई ब्यानर वाचन गरेर संयुक्तरुपमा उद्घाटन गरेका थिए।