काठमाडौँ । गायक मदन परियार र चर्चित गायिका शान्तिश्री परियारको युगल गायनमा रहेको ए जिन्दगी बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शिशिर पौडेलको आधिकारिक यूट्युब च्यानल मार्फत सोमवार म्युजिक भिडियो सार्वजनिक गरिएको हो । ११ मिनेटको लामो सेण्टिमेण्टल भर्सनको यस गीतमा जिन्दगीमा भोग्नु परेका दुःख, पीडा, निराशा, वियोगको वेदना प्रस्तुत गरिएको छ । रमेश परियारको लय/शब्दमा रहेको यस म्युजिक भिडियोमा शिशिर पौडेल, आयुष्मा कार्की र बसन्त घिमिरेले अभिनय गरेका हुन् ।
गित सङ्गितमा प्रबेश गरेको छोटो समयमै आफुले पाएको सफलता, दर्शकको मायाँले गर्दा सांगितिक क्षेत्रमा अगाडी बढ्न प्रेरणा मिलेको गायक मदनको भनाई छ ।
https://www.youtube.com/watch?v=lb5nK8yjs_g