• ट्रेण्डिङ:

रोक्का जग्गाको मुआव्जा दिन गाउँपालिकाको माग

रोक्का जग्गाको मुआव्जा दिन गाउँपालिकाको माग

रोदिक खबर

१३, पौष २०७८
  • 4.8K
    SHARES
  • रोक्का जग्गाको मुआव्जा दिन गाउँपालिकाको माग

    खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले अरुण तेश्रो जलविद्युत आयोजनाको प्रशारणलाईनका लागि रोक्का गरिएका जग्गाको मुआव्जा उपलव्ध गराउन माग गरेको छ । संखुवासभामा निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण तेश्रोको प्रशारणलाईनको रुटमा पर्ने जग्गाका धनीलाई जग्गा रोक्का राखिएका अवधिको मुआव्जा उपलव्ध गराउनका लागि भारत सरकार स्वामित्वको एसजेभिएन कम्पनी समक्ष माग गर्ने निर्णय गरेको हो ।

    गत १० मंसिर २०७६ देखि रोक्का राखिएको जग्गा प्रशारणलाईनको रुट परिवर्तनसँगै मुआव्जा निर्धारण समितिले गत ८ भदौमा फुकुवा गर्ने निर्णय गरेको थियो । अरुण तेश्रोको प्रशारणलाईनका लागि पहिला रोक्का राखेर पुःन फुकुवा गरिएका जग्गाको मुआव्जा उपलव्ध गराउनका लागि निर्माण कम्पनी समक्ष माग गर्ने निर्णय गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

    २ वर्षसम्म रोक्का राखेर विना क्षतीपूर्ति फुकुवा गरिएको जग्गाको मुआव्जा प्राप्न नभए कानुनी उपचारमा जाने गाउँपालिकाले जनाएको छ । २०७२ सालमा गरिएको गुगल म्यापिङ, आइइई लगायतका क्रममा अरुण तेश्रोको टिएल टावर राख्ने रुटमा पर्ने दिप्रुङ चुईचुम्मा र साकेला गाउँपालिकाका जग्गा रोक्का राखिएको थियो ।

    तर, पहिरो, खोलाखोल्सी, मानव वस्ती, पहरा लगायतका प्राकृतिक अवरोध छल्नका लागि भन्दै रुट परिवर्तन गरिएपछि रोक्का जग्गा फुकुवा गरिएको जनाइएको छ ।

    a.jpg

    प्रकाशित मिति :पौष १३, २०७८ मंगलवार - २१:३६:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको