• ट्रेण्डिङ:

अनेरास्ववियु खोटाङको अध्यक्षमा पोखरेल

अनेरास्ववियु खोटाङको अध्यक्षमा पोखरेल

रोदिक खबर

१७, पौष २०७८
  • 2.3K
    SHARES
  • अनेरास्ववियु खोटाङको अध्यक्षमा पोखरेल

    खोटाङ । अनेरास्ववियु खोटाङको अध्यक्षमा मोहन पोखरेल (संग्राम) चयन भएका छन् । शनिबार दिक्तेलमा सम्पन्न २३ औं जिल्ला सम्मेलनबाट पोखरेल अनेरास्ववियुको अध्यक्ष चयन भएका हुन् ।

    अखिलको ३५ सदस्यीय जिल्ला कमिटिको उपाध्यक्षमा यम खड्का, सचिवमा विष्णु उपरकोटी, सह–सचिवमा घनश्याम ढकाल र सुरेश प्रधान तथा कोषाध्यक्षमा मुस्कान राई चयन भएका छन् ।

    ‘शिक्षाको राष्ट्रियकरणमा जोड, निजीकरणलाई निरुत्साहन, वैज्ञानिक र व्यवहारिक शिक्षाका लागि २३ औं जिल्ला सम्मेलन’ भन्ने नाराका साथ सम्पन्न सम्मेलनले अभिषेक घिमिरे, प्रकाश पोखरेल, पुजा रेग्मी, विप्लव कोइराला, एलिना गिरी, प्रतिमा राई, सरस्वती परियार, सुसिला तिमिल्सिना, सृर्जना अधिकारी, मिना योगी, रुवी राई, ईश्वर आचार्य, विक्रम क्षेत्री सदस्यमा चयन भएका छन् । यस्तै, कैलाश खड्का, मिलन भुजेल, झगराज राई, अनिल आचार्य, उमेश रिजाल, सौगात राई, दिपक खतिवडा, स्नेहा राई, युवराज कट्वाल, सविन राई र प्रवेश राई सदस्य चुनिएका छन् ।

    जिल्ला सम्मेलन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष एबं एमालेका केन्द्रीय सदस्य सुनिता बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सम्मेलनमा एमालेका केन्द्रीय सदस्य उषाकला राई, जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, सचिव कुमार आचार्य, एमाले नेता दिपनारायण रिजाल, सुरेन्द्रकुमार राई, बिणादेबी राई लगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :पौष १७, २०७८ शनिवार - २०:३९:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको