शुक्रवार, भाद्र २६ गते २०८३

जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा चाहार चयन

जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा चाहार चयन

रोदिक खबर

१७, पौष २०७८
  • 2.7K
    SHARES
  • जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा  चाहार चयन

    जिल्ला सहकारी संघ खोटाङको अध्यक्षमा मिलन चाहार चयन भएका छन् । शनिबार दिक्तेलमा सम्पन्न सहकारी संघको चौथो अधिबेसन तथा साधारणसभाले चाहारलाई अध्यक्ष चयन गरेको हो । सहकारी संघको उपाध्यक्षमा सनमान खड्का, सचिवमा दिपेन्द्र राई र कोषाध्यक्षमा सरिता राई चयन भएका छन् ।

    ११ सदस्यीय सहकारी संघको सदस्यमा रघुनन्द राई, जेपी राई, पर्शुराम बिश्वकर्मा, मनोज बजिमय र गोपाल आचार्य चयन भएका छन् । दुई सदस्य पछि थप गरिने सहकारी संघका नवनिर्वाचित अध्यक्ष चाहारले बताए ।

    यस्तै, कविकुमार राईको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ । प्रदेश सहकारी संघको सदस्यका लागि सुमन श्रेष्ठ चयन भएका छन् ।

    सहकारी संघको अधिबेसनले आर्थिक वर्ष २०७७र०७८ को खर्च अनुमोदन, आर्थिक वर्ष २०७८र०७९ को नीति, कार्यक्रम तथा प्रस्तावित बजेट पारित गरेको छ ।

    यस्तै, लेखा सुपरिवेक्षण समिति र लेखा समितिको प्रतिबेदन पारित गरिएको छ । सहकारी संघको कार्यालय स्थापना तथा व्यवस्थापन, लेखा परिक्षक नियुक्ति लगायतका निर्णय गरिएको सहकारी संघले जनाएको छ ।

    सहकारी संघका कार्यबाहक अध्यक्ष सनमान खड्काको सभापतित्वमा भएको अधिबेसन सहकारी संघका पूर्वअध्यक्ष नूरकाजी सैंजूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    प्रकाशित मिति :पौष १७, २०७८ शनिवार - २०:४५:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको